पात्रो

रेडियो

समाचार खोजी

राज्य व्यवस्था समिति सभापति रामहरी  खतिवडाले दिए राजीनामा

साझा अर्थ संवाददाता २७ साउन २०८२, मङ्गलवार

काठमाडौँः प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समिति सभापतिको पदबाट राजीनामा दिनुभएको छ । 
सभाको आजको बैठकमा समय माग गरेर बोल्दै उहाँले सभापतिका रूपमा सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा आफूले हस्ताक्षर गरेको र सो विधेयकका केही विषयमा त्रुटि भएकाले आफूले नैतिक जिम्मेवारी बहन गर्नुपर्ने लागेर राजीनामा दिएको स्पष्ट पार्नुभयो ।
 “समितिका सदस्यको मनसायअनुसार  विधेयक प्रतिवेदन तयार हुँदा त्रुटि हुन गएको साँचो हो, विधायकी मनसाय ‘कुलिङ अफ पिरियड’ राख्नु नै हो, तर विधेयक प्रतिवेदन लेखनमा त्रुटि भएको देखिन्छ”, उहाँले भन्नुभयो, “त्यो त्रुटि मबाट र राज्य व्यवस्था समितिबाट होइन ।”

171 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु