पात्रो

रेडियो

समाचार खोजी

नेपाल बैंक लिमिटेडकाे वेबसाइटमा अपाङ्गतामैत्री (डिसेबिलिटी–फ्रेन्डली) फिचरहरू थप

साझा अर्थ संवाददाता २९ जेठ २०८३, शुक्रवार

काठमाडौँ, २९ जेठ: सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले आफ्नो आधिकारिक वेबसाइटलाई परिमार्जन गर्दै अपाङ्गतामैत्री (डिसेबिलिटी–फ्रेन्डली) फिचरहरू थप गरेको छ। सबै नागरिकका लागि समावेशी र पहुँचयोग्य बैंकिङ सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ बैंकले डिजिटल माध्यममा यो सुधार ल्याएको हो।

नयाँ प्रविधि अन्तर्गत दृष्टिविहीन तथा दृष्टिसम्बन्धी समस्या भएका प्रयोगकर्ताहरूका लागि 'स्क्रिन रिडर' अनुकूल बनाइएको छ। यसका साथै वेबसाइटमा अक्षरको आकार थपघट गर्न मिल्ने, उच्च–कन्ट्रास्ट विकल्पहरू र अन्य डिजिटल पहुँचयोग्य उपकरणहरू समावेश गरिएका छन्। डिजिटल बैंकिङको दायरा बढ्दै जाँदा फरक क्षमता भएका नागरिकहरू प्रविधिबाट बञ्चित नहोऊन् भन्ने उद्देश्यले यो कदम चालिएको बैंकले जनाएको छ। हाल देशभर २३१ शाखा, २४६ एटीएम र ६१ वटा एक्स्टेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिँदै आएको नेपाल बैंकले पछिल्लो समय डिजिटल आधुनिकीकरणलाई प्राथमिकता दिइरहेको छ।

47 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु