पात्रो

रेडियो

समाचार खोजी

अप्पर रिचेत हाइड्रोपावर आईपिओमा जाने

साझा अर्थ संवाददाता २७ माघ २०८२, मङ्गलवार

काठमाडाैः २ मेघावाट बिद्युत उत्पादन क्षमता भएको अप्पर रिचेत हाइड्रोपावर प्रा.लि.ले आफ्ना साधारण सेयरहरु आइपिओ   मार्फत सार्बजनिक निष्काशन गर्नेभएको छ। यसका लागि कम्पनीले आरबिबि मर्चेन्ट बैंकिंग लिमिटेडलाई   निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ। 
यससम्बन्धमा आज अप्पर रिचेत हाइड्रोपावर र आरबिबि मर्चेन्ट बैंकिंग बीच एक सम्झौता सम्पन्न भएको छ। सम्झौतामा अप्पर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष श्री आनन्द प्रधान र आरबिबि मर्चेन्ट   बैंकिंगका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बद्रि प्याकुरेलले हस्तक्षर गर्नुभएको छ। 
कम्पनीले आफ्नो ४० करोड चुक्ता पुँजीको २०% अर्थात् ८ करोड पुँजी बराबरका ८ लाख कित्ता साधारण सेयरहरु  निकट भविष्यमै सर्बसाधारणमा निष्काशन गर्नेछ। आइपिओ प्रक्रियाकै लागि कम्पनीले आँफुलाई तुरुन्तै पब्लिक  कम्पनि बनाउने र क्रेडिट रेटिंगको कार्य पनि अघि बढाएको छ। कम्पनीले आगामी श्रावण-भाद्र महिनामा आइपिओमा जाने योजना रहेको बताएको छ। 
कम्पनीले २०८१ को भाद्र महिनादेखि बिद्युत उत्पादन गरिरहेको छ।कम्पनीको हाइड्रोपावर प्रोजेक्ट गोर्खा जित्ल्लाको  धार्चे गाबिसमा रहेको छ। 
आजै एक प्रेश बिज्ञप्ति जारी गरि कम्पनीले यो जानकारी गराएको हो ।

148 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु