पात्रो

रेडियो

समाचार खोजी

आजको मौसम पूर्वानुमान

साझा अर्थ संवाददाता ३१ जेठ २०८३, आइतवार

काठमाडौँ । हाल देशको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली छ भने कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित हिमाली क्षेत्रमा बदली रहनेछ। कोशीका केही स्थान तथा हिमाली–पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। त्यस्तै, बागमती र गण्डकीका तराई तथा मधेसका एकदुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुनसक्छ।

राति कोशी, मधेस, बागमती र गण्डकीका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाले चट्याङ र वर्षाको सम्भावित प्रभावप्रति आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ।

36 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु