पात्रो

रेडियो

समाचार खोजी

एचआइडिसिएलको ५.२५ प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता २६ मंसिर २०८१, बुधवार

 

हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले ५.२५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मङ्सिर २६ गते बसेको संचालक समितिले बैठकले   हाल कायम चुक्ता पुँजीको ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल सरकारले स्वीकृति दिएपछि र आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले पुस २४ गते साधारणसभा गर्न पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

200 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु