पात्रो

रेडियो

समाचार खोजी

एडिबीद्वारा १ खर्ब बढी सहयोग घोषणा

साझा अर्थ संवाददाता ५ पुष २०८१, शुक्रवार

काठमाडौं। एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न नेपाललाई १ खर्ब ५ अर्ब ६१ करोड सहयोग गर्ने भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा। रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरेका छन्। 

दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक(ं विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ।सहायता रकममध्ये ६ अर्ब ५२ करोड अनुदान र बाँकी रकम सहुलियतपूर्ण ऋण रहेको अर्थ मन्त्रालयले जनाएको छ।

 

 

222 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु