पात्रो

रेडियो

समाचार खोजी

मैले मन्त्री पदलाई दूर्लभ पद ठानेकाे छैन:मन्त्री पाण्डे

साझा अर्थ संवाददाता २४ साउन २०८१, बिहिवार

 काठमाडौंः संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्री पदलाई ठूला र दूर्लभ पद नठानेकाे उद्घाेष गर्नु भएकाे छ। विहिबार प्रतिनिधि सभा अन्तरगत रहेकाे अन्तरास्ट्रिय तथा पर्यटन समितिमा सांसदहरूले उठाएका प्रश्नहरूकाे जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा भन्नू भएकाे हाे। उहाँले भन्नू भयाे,मन्त्री पदलाई मैले ठूलाे र दुर्लभ पद ठानेकाे छैन।म आफ्नो ईमान र मेहनतकाे भरमा काम गरिरहेकाे छु। उहाँले अहिले मन्त्रालय मातहतका वेथिती र विसंगतिहरूलाई हटाउनका लागि १८ घण्टा काम गरिरहेकाे बताउनु भयाे । उहाँलाई आफुलाई विकृतिको डुंगुरमाथि उभिएकाे अनुभुती समेत भईरहेकाे बताउनु भएकाे छ।

उहाँले आफू संसदमा तेस्राे पटक आएकाे बताउँदै कानुनी र संवैधानिक रूपमा सहयाेग गर्न समेत अपिल गर्नु भएकाे छ । साथै हिजाे भएकाे हेलिकप्टर दुर्घटनापछि आफ्नो साताव्यापी पूर्व निर्धारित कार्यक्रम स्थगित गरेकाे समेत स्मरण गराउनु भएकाे छ।

289 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु