पात्रो

रेडियो

समाचार खोजी

अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध

विशेष अदालत बार निर्वाचन

साझा अर्थ संवाददाता २६ साउन २०८१, शनिवार

काठमाडौँः विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध चयन हुनुभएको छ । शनिवार नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा उहाँ अध्यक्षमा निर्विरोध हुनु भएको हो । 
यस्तै उपाध्यक्षमा शशिनाथ मरासिनी, सचिवमा युवराज बञ्जाडे, सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
तेह्र सदस्यीय कार्यसमितिका सदस्यहरुमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा, बोलाराम पाण्डे र गङ्गाराम खनाल रहनुभएको छ । कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ ।

243 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु