पात्रो

रेडियो

समाचार खोजी

भैरहवा विमानस्थलबाट एक महिनामा ११५ अन्तराष्ट्रिय उडान

साझा अर्थ संवाददाता १९ फागुन २०८१, सोमवार

  सन् २०२५ को फेब्रुअरीमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट एक सय १५ वटा अन्तर्राष्ट्रिय उडान भएको छ । सो उडानमार्फत ६ हजार सात सय ७९ जना यात्रुले सेवा प्राप्त गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।  
फेब्रुअरीमा फ्लाई दुबई, जजिरा एयरवेज, थाई एयर एसिया, नेपाल एयरलाइन्स तथा चार्टर उडान भएका छन् । सो अवधिमा फ्लाई दुबईमार्फत २,४०३, जजिरा एयरवेजमार्फत ३,२६५, थाई एयर एसियामार्फत १,०९७, नेपाल एयरलाइन्समार्फत एक तथा चार्टर उडानमार्फत १३ यात्रुले यात्रा गरेका छन् । तीमध्ये २११ विदेशी यात्रु रहेका छन् ।

172 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु