पात्रो

रेडियो

समाचार खोजी

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

साझा अर्थ संवाददाता ४ भदौ २०८१, मङ्गलवार

दाङ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज प्रदेश सभामा भएको मतदानमा उहाँले विश्वासको मत प्राप्त गर्नु भएको हो ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गर्नुभएको हो । उहाँको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य हुनुहुन्छ । आचार्य गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

215 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु