पात्रो

रेडियो

समाचार खोजी

जन्म, मृत्युदर्ता गराउँदा आर्थिक सहयोग

दुख सुखमा स्थानीय सरकार साथमा छ भन्ने अनुभूति गराउने सत्प्रयास

साझा अर्थ संवाददाता ५ भदौ २०८१, बुधवार

नुवाकोट: विदुर नगरपालिका वडा नम्बर पाँच कार्यालयले वडाभित्र हुने घटना दर्ताअन्तर्गत जन्म र मृत्युमा रु पाँच हजार उपलब्ध गराउने भएको छ । गत आर्थिक वर्षदेखि शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए रु पाँच हजार उपलब्ध गराउन सुरु गरेको वडाले चालु आवदेखि मृत्यु भएका व्यक्तिको परिवारलाई पनि रु पाँच हजार उपलब्ध गराउन सुरु गरेको हो । 
सो कार्यक्रम नगरसभाबाट स्वीकृत गराई वडाले आफ्नै बजेटमा सहयोग रकम उपलब्ध गराउन सुरु गरेको वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिनुभयो । गत वर्ष बच्चा जन्मेको ३५ दिनभित्र दर्ता गराए उक्त बच्चाको नाममा बैंक खाता खोल्न लगाई परिवारले रु पाँच हजार जम्मा गरेपछि वडाले त्यति नै रकम जम्मा गर्ने गरेको उहाँको भनाई रहेको छ । यस वर्षदेखि वडाबासी कोही व्यक्तिको निधन भएमा ३५ दिनभित्र घटना दर्ता गराए परिवारलाई रु पाँच हजार राहत दिन वडा कार्यालयले जनाएको छ । 
बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चित होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै रु पाँच हजार बैंक दाखिला गराउँदै आएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । यसै गरी सुखमा मात्र होइन, दुःखमा पनि सरकारको साथ हुनुपर्छ भनेर राहतस्वरुप मृतकका परिवरलाई पाँच हजार प्रदान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको उहाँको भनाई छ ।

193 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु