पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य तोलाको १ लाख  ५३ हजार, हालसम्मकै उच्च

साझा अर्थ संवाददाता ५ भदौ २०८१, बुधवार

बुधबार  सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । यो सँगै नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।  
   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार  सुनको मूल्य तोलाको १ लाख  ५३ हजार  रुपैयाँ कायम भएको छ ।  मंगलबार सुनको मूल्य तोलाको १ लाख ५२ हजार २०० रुपैयाँ कायम थियो ।यो मूल्य भनेको हालसम्मकै महँगो हो ।  

यसैगरी, चाँदीको मूल्य तोलाको १ हजार ८३५  रुपैयाँमा कायम भएको छ । मंगलबार  प्रतितोला १ हजार ८२० रुपैयाँ कायम  थियो ।  यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३१ हजार १७५ रुपैयाँ तोकेको  छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५७३ रुपैयाँ छ ।

त्यसैगरी, यो दिन अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । केहि दिनअघिसम्म प्रतिऔंस २ हजार ५०० डलरमा कारोबार भएकोमा सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ५१८.४३ डलर पुगेको छ ।

138 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु