पात्रो

रेडियो

समाचार खोजी

एनआइसी एसियाको धितो लिलाम बिक्री पोर्टल सञ्चालनमा

साझा अर्थ संवाददाता ५ वैशाख २०८२, शुक्रवार

 

एनआइसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ सम्पत्ति तथा गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल ‘अक्सन असिस्टेन्स एनआइसी एसिया डटकम’ सञ्चालनमा ल्याएको हो । उक्त पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सम्पूर्ण सूचनाबारे पोर्टलमा समावेश गरिनेछ । 

ग्राहकले पोर्टलमा प्रकाशित लिलाम बिक्रीसम्बन्धी सूचनामा रहेको क्युआर कोड स्क्यान गरी त्यसभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिको कित्ता नम्बर तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगलम्यापसहितका विविध जानकारी प्राप्त गर्न सक्नेछन् । त्यसपछि खरिद गर्न चाहेको सम्पत्तिबारे थप जानकारी लिनुपर्ने भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो विवरण जस्तै, नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखी म्यासेजसमेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ । 

बैंकले सञ्चालनमा ल्याएको पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेका सम्पत्ति र लिलाम बिक्रीसम्बन्धी अन्य सूचना पनि प्रकाशित गरिने बताइएको छ ।

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु