पात्रो

रेडियो

समाचार खोजी

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

साझा अर्थ संवाददाता ७ भदौ २०८१, शुक्रवार

सरकारले मन्त्रिपरिषदको निर्णयहरु सार्वजनिक गरेको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दुईजना मन्त्रीहरुको विदेश भ्रमण स्वीकृत गरेको छ । यसैगरी सोही बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष शिवराज अधिकारीलाई विदेश भ्रमण जान अनुमति दिने निर्णय गरेको छ ।

उनी भदौ ११गतेदेखि १३ गतेसम्म उज्वेकिस्तानमा हुने मल्टी डाइमेन्सनल प्रोभर्टी पिर नेटवर्कको बैठकमा सहभागी हुन जाँदैछन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी आगामी कात्तिक २२ गतेदेखि २४ गतेसम्म कोलम्बियाको बोगोटामा हुने बालबालिकाविरुद्धको हिंसा अन्त्यबारेको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन जाँदैछन् । उनको भ्रमण पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

त्यसैगरी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी आगामी भदौ  २७ र २८ गते ब्राजिलमा आयोजना हुने ‘वान प्लानेट नेटवर्क फोरम–२०२४’ मा  भाग लिन जाँदैछन् ।  सो भ्रमणलाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

हेर्नुहोस् मन्त्रिपरिषदका निर्णयहरू : 

212 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु