पात्रो

रेडियो

समाचार खोजी

इरानको आकाशमा पूर्ण नियन्त्रण गरेको भन्दै ट्रम्पको धम्की- ‘निसर्त आत्मसर्पण गर’

साझा अर्थ संवाददाता ४ असार २०८२, बुधवार

काठमाडाै‌ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सन्जालमा लेख्दै अमेरिका अहिले इरानको आकाशमा पूर्ण र सम्पूर्ण नियन्त्रणमा रहेको दाबी गरेका छन्।

उनले इरानसँग ‘अत्याधुनिक’ ट्र्याकिङ र सुरक्षात्मक प्रविधिहरु भए पनि ती अमेरिकी प्रविधिसँग दाज्नयोग्य नभएको बताएका छन्।

अमेरिकाको ‘बनाइएको, सोचेको र निर्माण गरिएको’ प्रविधि भन्दै त्यसलाई विश्वमै उत्कृष्ट भनेर ट्रम्पले भने, ‘निसर्त आत्मसमर्पण’।

ट्रम्पको यो अभिव्यक्तिलाई पछिल्लो समय अमेरिका लाई इजरायलले हमला गर्न सहयोग गर्न आग्रह गरेकोलाई साथ दिएको कोणमा व्याख्या गरिएको छ। तर यो समाचार तयार गर्दासम्म अमेरिकाले इरानी भूमीमा कुनै अक्रमण गरेको समाचार सार्वजनिक भएको छैन।

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु