पात्रो

रेडियो

समाचार खोजी

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त आह्वान

साझा अर्थ संवाददाता १३ जेठ २०८३, बुधवार

काठमाडौँ, १३ जेठ:सरकारले नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पद पूर्तिका लागि औपचारिक रूपमा आवेदन खुला गरेको छ। प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले आज (जेठ १३ गते, बुधवार) एक सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले आगामी ७ दिनभित्र अर्थात् जेठ १९ गते कार्यालय समयभित्र सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा आफ्नो आवेदन पेश गर्नुपर्नेछ।

समितिका अनुसार अध्यक्ष पदका लागि बीमा, मौद्रिक, बैंकिङ, अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, कानुन, गणित वा तथ्याङ्कशास्त्र जस्ता सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय अनुभव अनिवार्य गरिएको छ। उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने र उच्च नैतिक चरित्र भएको हुनुपर्ने जस्ता योग्यताहरू तोकिएका छन्।

88 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु