पात्रो

रेडियो

समाचार खोजी

युनाइटेड अजोड इन्स्योरेन्सले आजदेखि हकप्रद सेयर लिलामी गर्दै

साझा अर्थ संवाददाता २९ जेठ २०८३, शुक्रवार

 

काठमाडौँ, २९ जेठः युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासनका क्रममा बिक्री नभएको ७० हजार ४८० कित्ता सेयर आजदेखि लिलामी मार्फत बिक्री खुला गरेको छ। कम्पनीले ६३ हजार ८४७ कित्ता सर्वसाधारण र ६ हजार ६३३ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो।

कम्पनीले गत चैतदेखि वैशाखसम्म १०:१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्दा ३.०५ प्रतिशत सेयरमा आवेदन परेको थिएन। उक्त बाँकी सेयरका लागि इच्छुक व्यक्ति तथा संस्थाहरूले आगामी असार ८ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिसेयर १०० रुपैयाँ तोकिएको छ भने बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिँदा सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम १ हजार कित्ताका लागि बोलकबोल गर्नुपर्नेछ।

40 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु