पात्रो

रेडियो

समाचार खोजी

बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

साझा अर्थ संवाददाता २९ जेठ २०८३, शुक्रवार

काठमाडौँ, २९ जेठ :बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज शुक्रबार पुनः १ खर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले १९ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत बजारबाट उक्त रकम उठाउन लागेको हो।

आज दिउँसो अनलाइन बोलकबोल प्रणालीमार्फत यसको ब्याजदर निर्धारण हुनेछ। यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। लगानीकर्ता संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम कुल आह्वान रकमको सीमाभित्र रही आवेदन दिन सक्नेछन्।

यो निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आउँदो असार १७ गते (जुलाई १) हुनेछ। राष्ट्र बैंकका अनुसार संकलित रकम अनिवार्य नगद मौज्दात मा गणना गर्न नपाइने भए पनि अन्य वैधानिक तरलता उपायहरूमा भने गणना गर्न पाइनेछ। बजारमा कर्जाको माग सुस्त हुँदा बैंकहरूमा थुप्रिएको निष्क्रिय रकम व्यवस्थापन गर्न केन्द्रीय बैंकले यो नियमित कदम चालेको हो।

37 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु