पात्रो

रेडियो

समाचार खोजी

एक दशकमा नेपालको बजेट झन्डै दोब्बर

साझा अर्थ संवाददाता १५ जेठ २०८३, शुक्रवार

काठमाडौँ, १५ जेठ: नेपालको संघीय बजेटको आकार विगत एक दशकमा झन्डै दोब्बरले बढेको छ। आर्थिक वर्ष २०७३/७४ मा १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँ रहेको बजेटको आकार संघीयता कार्यान्वयन, साधारण खर्चको वृद्धि र बढ्दो सार्वजनिक ऋणका कारण अहिले १८ खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ।

बजेटको आकार बढे पनि देश विकासको मुख्य आधार मानिने पूँजीगत खर्च विकास बजेटको अंश भने प्रतिवर्ष खुम्चिँदै गएको छ। बजेटको ठुलो हिस्सा कर्मचारीको तलब, प्रशासनिक कार्य र वित्तीय हस्तान्तरण जस्ता चालु खर्चमै सकिने गरेको छ। आन्तरिक राजस्वले चालु खर्च धान्न धौधौ भएपछि सरकारले ऋणमा भर पर्नु परेको छ। बजेटको अंक दोब्बर भए पनि उत्पादन र रोजगारी सिर्जनामा अपेक्षित योगदान पुग्न नसक्दा अर्थतन्त्र अझै आयात र रेमिट्यान्सकै भरमा रहेको अर्थशास्त्रीहरू बताउँछन्।

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु