काठमाडौँ, १७ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जिडिपीको तुलनामा सानो भएको दावी गर्नु भएको छ । आइतवार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो दावी गर्नु भएको हो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले विगतका वर्षमा बजेट कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुने गरेकोमा यसपटक त्यस्तो अवस्था नरहेको बताउनु भयो । बजेट महत्वकांक्षी नभएको तथा बान्छित सीमाभित्रै बजेट आएको उहाँको भनाई थियो । आगामी आवको बजेट प्रत्क्षेपित जिडिपीको सापेक्षतामा २८ दशमलव पाँच प्रतिशत मात्रै रहेको वाग्लेको दावी थियो ।
अर्थमन्त्री डा वाग्लेले आफू सन् २०१४ देखि नेपालको बजेट निर्माणमा संलग्न भएको उल्लेख गर्दै सन् २०१५ को भूकम्पपछि बजेटको आकार बढ्न थालेको बताउनुभयो । सरकारले आगामी आवका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।