पात्रो

रेडियो

समाचार खोजी

अमेरिकी मागका कारण शान्ति वार्ता लम्बिँदै

साझा अर्थ संवाददाता २० जेठ २०८३, बुधवार

काठमाडौँ, २० जेठ; अमेरिकाको नयाँ र विरोधाभासपूर्ण मागहरूका कारण युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रक्रिया लम्बिँदै गएको इरानले जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकी अडानमा देखिएको अस्थिरता र निरन्तर धारणा परिवर्तन गर्ने प्रवृत्तिका कारण वार्ता निष्कर्षमा पुग्न ढिलाइ भएको बताउनुभएको हो।

प्रवक्ता बाघेईले लेबनानमा युद्धविरामको विषय कुनै पनि अन्तिम शान्ति सम्झौताको ‘अपरिहार्य’ हिस्सा भएको स्पष्ट पार्नुभएको छ। इरान र अमेरिकाबीच ४० दिनको युद्धपछि गत अप्रिल ८ मा युद्धविराम भएको थियो। त्यसपछि अप्रिल ११ र १२ मा पाकिस्तानको इस्लामावादमा पहिलो चरणको शान्ति वार्ता भए पनि हालसम्म कुनै ठोस नतिजा निस्कन सकेको छैन।

दुवै पक्ष विगत केही हप्तादेखि पाकिस्तानको मध्यस्थतामा युद्ध अन्त्यका लागि समझदारी पत्रलाई अन्तिम रूप दिने प्रयासमा थिए। तर, लेबनानमा इजरायली सैन्य गतिविधिलाई लिएर इरानले अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको सन्देश आदानप्रदान प्रक्रिया तत्कालका लागि स्थगित गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन । 

120 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु