पात्रो

रेडियो

समाचार खोजी

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

साझा अर्थ संवाददाता २० जेठ २०८३, बुधवार

काठमाडौँ, २० जेठ : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न जेठ २० गते बोलकबोलमार्फत ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ५६ दिनको अवधिका लागि अनलाइन प्रणालीमार्फत यो निक्षेप संकलन गर्न लागेको हो।

यस बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। इच्छुक संस्थाले न्यूनतम १० करोड देखि अधिकतम कुल आह्वान रकमसम्मका लागि ब्याजदर खुलाएर आवेदन दिनुपर्नेछ। यो निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी साउन १३ गते हुनेछ।

संकलित रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि अन्य तरलता अनुपातमा भने समावेश गर्न सकिनेछ। बोलकबोल स्वीकृत भएपछि रकम सिधै कट्टा गरिने र अवधि परिपक्व हुनुअघि फिर्ता झिक्न नपाइने राष्ट्र बैंकले जनाएको छ।

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु