पात्रो

रेडियो

समाचार खोजी

दोस्रो दिन पनि नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढेर साढे ६ अर्ब नजिक

साझा अर्थ संवाददाता २६ जेठ २०८३, मङ्गलवार

काठमाडौँ, २६ जेठ:  साताको दोस्रो कारोबार दिन मङ्गलवार नेपाल स्टक एक्सचेन्ज "नेप्से" परिसूचकमा सामान्य गिरावट आएको छ। तीव्र उतारचढावका बीच आज नेप्से परिसूचक १.५४ अङ्क (०.०५ प्रतिशत) ले ओरालो लाग्दै २,७३३.५९ को विन्दुमा बन्द भएको छ। अघिल्लो दिन २० अङ्कभन्दा बढीले घटेको बजारले आज भने केही सम्हालिने प्रयास गरेको देखिन्छ।

परिसूचक सामान्य घटे पनि आज सेयर बजारमा कारोबार रकम भने उत्साहजनक रूपमा बढेको छ। दिनभर कुल १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ रुपैयाँ बराबरको ठुलो कारोबार भएको छ। यसले बजार घट्दा पनि लगानीकर्ताहरूमा सेयर खरिदबिक्रीको सक्रियता उच्च रहेको देखाउँछ।

आजको कारोबारमा अधिकांश उपसमूहहरूमा मिश्रित असर देखिएको छ। बजारमा उतारचढाव आए पनि ठुलो परिमाणको कारोबारले आगामी दिनमा बजार सकारात्मक दिशातर्फ जान सक्ने आशा लगानीकर्ताहरूमा जगाएको छ।

159 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्