पात्रो

रेडियो

समाचार खोजी

नाडेप लघुवित्तको साधारण सभा असार २२ गते बस्ने

साझा अर्थ संवाददाता २९ जेठ २०८३, शुक्रवार

काठमाडौँःनाडेप लघुवित्त वित्तीय संस्थाले ११औँ वार्षिक साधारण सभा डाकेको छ। साधारण सभा असार २२ गते धादिङको नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजे सभा बस्नेछ।

सभाको मुख्य प्रस्ताव सेयर संरचना परिवर्तन गर्ने र अन्य लघुवित्तसँग गाभ्ने/गाभिने सम्बन्धी छ। यसका लागि आवश्यक सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिइनेछ। साथै, आव २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण र लेखापरीक्षक प्रतिवेदन पारित गरिनेछ। नयाँ आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोकिनेछ।

सञ्चालक निर्वाचनमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट रिक्त १ जना निर्वाचित गरिनेछ।

सभा प्रयोजनका लागि असार ११ गते बुक क्लोज गरिने भएको छ। असार १० गतेसम्म सेयर कारोबार गरी कायम भएका सेयरधनी मात्र सहभागी हुन पाउनेछन्। 

52 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु