पात्रो

रेडियो

समाचार खोजी

आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस

साझा अर्थ संवाददाता १० असार २०८३, बुधवार
समाचार सारांश
  • आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस मनाइँदैछ, जसले महिलालाई कूटनीतिमा शान्तिकी निर्माता र विश्वव्यापी सहकार्यको नेतृत्वकर्ताको रूपमा चिनाउँछ।
  • प्रभावकारी विश्व शासन, दिगो शान्ति र समावेशी समाज निर्माणका लागि निर्णय प्रक्रियामा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता अपरिहार्य छ।
  • यो दिवसले महिला कूटनीतिज्ञहरूको योगदानको सम्मान गर्दै, उनीहरूको प्रतिनिधित्वमा रहेका अवरोध हटाई आगामी पुस्ताका लागि अवसर विस्तार गर्न आह्वान गर्दछ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, १० असार : आज विश्वभर अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ देखि प्रत्येक वर्ष जुन २४ लाई यो दिवसका रूपमा मनाउन थालेको हो।

राष्ट्रसङ्घका अनुसार कूटनीतिमा महिलाहरू केवल सहभागी मात्र नभई शान्तिकी निर्माता, समानताकी पक्षधर र विश्वव्यापी सहकार्यको भविष्य निर्माण गर्ने नेतृत्वकर्ता हुन्। उनीहरूको आवाज, दृष्टिकोण र नेतृत्व आजका जटिल विश्व चुनौती समाधान तथा समावेशी, न्यायपूर्ण र दिगो समाज निर्माणका लागि अपरिहार्य छ।

निर्णय प्रक्रियाका सबै तहमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु समानताको विषय मात्र नभई प्रभावकारी विश्व शासनको आधारभूत आवश्यकता हो। बेइजिङ कार्ययोजना र दिगो विकास लक्ष्यहरू कार्यान्वयनका लागि पनि यो महत्वपूर्ण छ। महिला निर्णय तहमा हुँदा कूटनीतिले जनताको प्रतिनिधित्व राम्रोसँग गर्ने र दिगो शान्ति, विकास तथा मानव मर्यादा प्रवद्र्धनमा सक्षम हुने राष्ट्रसङ्घको भनाइ छ।

विभिन्न कूटनीतिक नियोग, बहुपक्षीय संस्था र अन्तरराष्ट्रिय वार्तामा महिलाहरूले संवाद, सहमति निर्माण, द्वन्द्व समाधान र अन्तरराष्ट्रिय सहकार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन्। उनीहरूको नेतृत्वले राष्ट्रिय प्राथमिकता र विश्वव्यापी चुनौतीबीच पुलको काम गर्दै मानव अधिकार, सुरक्षा र साझा समृद्धिलाई अघि बढाउन सहयोग गरेको छ।

यस दिवसले शान्ति र प्रगतिका लागि विविध आवाज र अनुभवको समावेशीकरण आवश्यक रहेको स्मरण गराउँछ। साथै, महिला कूटनीतिज्ञहरूको उपलब्धिको सम्मान गर्दै अवरोध हटाउने, अवसर विस्तार गर्ने र आगामी पुस्ताका महिलालाई अन्तरराष्ट्रिय मामिलामा नेतृत्व गर्न सक्षम बनाउने प्रयासलाई तीव्र पार्न आह्वान गरिएको छ।

ऐतिहासिक रूपमा महिलाहरू कूटनीति र अन्तरराष्ट्रिय निर्णय प्रक्रियाबाट बाहिर राखिए पनि समयक्रममा उनीहरूले अवरोध तोड्दै कूटनीतिक सेवा, अन्तरराष्ट्रिय सङ्गठन र शान्ति प्रक्रियामा आफ्नो उपस्थिति विस्तार गरेका छन्। तैपनि धेरै क्षेत्रमा महिलाको प्रतिनिधित्व न्यून छ र समान सहभागिताका लागि थप प्रयास आवश्यक छ।

शान्ति निर्माण, मध्यस्थता र द्वन्द्व समाधानमा महिलाको अर्थपूर्ण सहभागिताले अझ समावेशी र दिगो परिणाम दिन्छ। राष्ट्रसङ्घीय प्रणालीभित्र पनि उच्च तहमा महिलाको उपस्थिति कमजोर रहेको र संरचनात्मक, संस्थागत तथा सांस्कृतिक अवरोधका कारण उनीहरूको नेतृत्वमा पुग्ने बाटो चुनौतीपूर्ण रहेको बताइएको छ।

संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले कूटनीतिमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता बिना प्रभावकारी विश्व शासन सम्भव नहुने भन्दै महिलालाई निर्णय प्रक्रियामा अनिवार्य रूपमा समावेश गर्नुपर्नेमा जोड दिएकी छन्।

52 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु