पात्रो

रेडियो

समाचार खोजी

अण्डाको मूल्य बढ्यो, किसान उत्साहित

साझा अर्थ संवाददाता २३ मंसिर २०८१, आइतवार
 

 

  अण्डाको मूल्य बढेसँग किसान उत्साहित भएका छन् । नेपाल लेर्यस कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको छ । अब ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रु चार सय ७० र मझौलाको रु चार सय ५५ कायम गरिएको छ।

पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य वृद्धि भएको बताए। उनका अनुसार यसअघि अण्डाको मूल्य रु पाँच सय पाँचसम्म पुगेर क्रमशः घटेको थियो।

मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन्। पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अण्डाको मूल्य वृद्धि भएको बताए। हाल दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएका उनले जानकारी दिए।


 

131 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु