पात्रो

रेडियो

समाचार खोजी

सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर

साझा अर्थ संवाददाता ११ पुष २०८१, बिहिवार

 

काठमाडौँ । सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । २०५९ साल पौष ९ मा नेपालको १७ औँ वाणिज्य बैंकको रुपमा स्थापित सिद्धार्थ बैंकले संचालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत,सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको हो ।

बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको थियो । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथसाथै बैंकमा कार्यरत रहि १५ वर्ष पूरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनीहरुलाई अभिनन्दन गरिएको बैंकले जनाएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले “सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर” ल्याएको छ ।

225 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु