पात्रो

रेडियो

समाचार खोजी

नबिल बैंकमा मनोज ज्ञवालीलाई सिनियर डेपुटी सीइओको जिम्मेवारी

साझा अर्थ संवाददाता १५ पुष २०८१, सोमवार

नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली बैंकको सिनियर डेपुटी सीइओमा बढुवा भएका छन् । बैंकको गत बिहिबार बसेको संचालक समितिको बैठकले ज्ञवालीलाई डेपुटी सीइओबाट सिनियर डेपुटी सीइओमा बढुवा गर्ने निर्णय गरेको हो ।

२०७७ जेठमा नायव महाप्रबन्धकको रुपमा नबिल बैंक प्रवेश गरेका ज्ञवाली  डेपुटी सीइओ हुँदै अहिले सिनियर डेपुटी सीइओमा बढुवा भएका हुन् ।

हाल नबिल बैंकको सीइओ ज्ञानेन्द्र ढुंगाना छन् । उनको कार्यकाल आगामी असारमा सकिँदै छ । 
यस संगै बैंकमा दुई जना डेपुटी सीइओ भएका छन् । सुजित कुमार शाक्य यस अघि नै बैंकको सिनियर डेपुटी सीइओ थिए ।

312 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु