पात्रो

रेडियो

समाचार खोजी

१४ कम्पनीको साधारणसभा आज हुदै, तीन कम्पनीको मात्रै छ लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता २६ पुष २०८१, शुक्रवार

 


आज  पुस २६ गते शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत मध्ये १४ वटाले आज साधारणसभा गर्न लागेका हुन् । ति मध्ये ३ वटा कम्पनीले मात्र लाभांश वितरण गर्दैछन् । आज हुदै गरेको साधारणसभामा बोटलर्स नेपाल तराईले ५० प्रतिशत नगद लाभांश, सर्वोत्तम सिमेन्ट ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश र डिप्रोक्स लघुवित्तले ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

तर, आजको साधारणसभामा लाभांस प्रस्ताव नभएका कम्पनीहरुहिमालयन हाइड्रोपावर लिमिटेड, युनियन हाइड्रोपावर लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, तेह्रथुम पावर कम्पनी, लक्ष्मी लघुवित्त, निर्धन उत्थान लघुवित्त, अपर हेवाखोला हाइड्रोपावर, बोटलर्स नेपाल लिमिटेड बालाजु, सिटी होटेल लिमिटेड र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी रहेका छन् । 


 

266 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु