पात्रो

रेडियो

समाचार खोजी

चैत २८ बाट भक्तपुरको सल्लाघारीमा महोत्सव हुने

साझा अर्थ संवाददाता १५ चैत २०८१, शुक्रवार

‘नयाँ वर्ष नयाँ सोच, युवाहरूका लागि छ प्रगतिको स्रोत’ भन्ने नारासहित यस वर्ष पनि भक्तपुरको सल्लाघारीमा महोत्सव हुने भएको छ। आयोजक संस्था औद्योगिक शान्ति नेपालले पत्रकार सम्मेलन गर्दै महोत्सवले निरन्तरता पाउने जानकारी दिएको हो।

‘भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ नाम दिइएको यो महोत्सवको नवौँ संस्करण चैत २८ बाट सुरु हुने र ११ दिनसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले बताए। 
महोत्सवमा दैनिक उपभोग्य सामग्रीहरू खाद्यान्न, लत्ताकपडा, औद्योगिक उत्पादनसहित सूचना तथा विज्ञान प्रविधि, अटो मोबाइल र आधुनिक कृषि औजारलगायतको प्रदर्शन तथा बिक्री हुने व्यवस्थापन समितिका संयोजक दीपक थापाले जानकारी दिए। 

उनका अनुसार मेलामा १५० स्टल रहनेछन् भने स्थानीय हस्तकला, कृषि उत्पादन, मौलिक वस्तु र सेवालाई प्राथमिकता दिइनेछ। महोत्सवमा बालबालिकाहरूका लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, बोटिङ, रोटे पिङ, रेन्जर, मारुती सर्कससमेत सञ्चालन गरिने बताइएको छ।

राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने महोत्सव हास्य व्यंग्य, फेसन, र्‍याप तथा नृत्य प्रतियोगिताले थप आकर्षण बन्ने आयोजकले विश्वास लिएको छ। करिब पाँच लाखभन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने अनुमान छ। 

महोत्सवमा रु ५० प्रवेश शुल्क तोकिएको छ। जसमा विद्यार्थीलाई ५० प्रतिशत र ज्येष्ठ नागरिकलाई शतप्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

260 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु