पात्रो

रेडियो

समाचार खोजी

भाटभटेनी लुटपाटबाट जोगाउने सुरक्षागार्डलाई पाँच लाख सहित सम्मान

साझा अर्थ संवाददाता २० चैत २०८१, बुधवार

गत चैत १५ गतेको राजबादीको आन्दोलनमा लुटपाट गर्न आएकालाई प्रतिकार गर्दै सामान जोगाउने भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीा.लाई पुरस्कृत गरेको छ । भाटभटेनीले उनलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित उनलाई पाँच ग्रेड बढुवा गरेको छ । भाटभटेनीका मालिक मीनबहादुर गुरुङले उनलाई दुबोको माला लगाइदिएर सम्मान गर्दै चेक प्रदान गरेका हुन् ।

  यसरी सम्मान हुनेमा सुरक्षा गार्डहरु सूर्य गिरी, दीपेश खड्का, र सोमबहादुर भुजेल पनि २५ हजार १ सय ११ रुपैयाँ नगद सहित एक ग्रेड बढुवा भएका छन् ।  ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङले ५१ हजार एक सय ११ रुपैयाँको चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन् ।
 

208 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु