पात्रो

रेडियो

समाचार खोजी

चौधरीको सम्पत्ती बढेर दुई अर्ब डलर, फोर्ब्स सूचीमा ३५ स्थान सुधार

साझा अर्थ संवाददाता २१ चैत २०८१, बिहिवार

फोर्ब्सले अप्रिल १, २०२५ मा प्रकाशित गरेको विश्व अर्बपति सूचीअनुसार चौधरीको सम्पत्ति सन् २०२४ को १.८ अर्ब डलरबाट बढेर २ अर्ब डलर पुगेको छ।  चौधरी फोब्र्सको सूचीमा १७६४ औ स्थानबाट ३५ स्थान सुधार गरेर १७२९ औं स्थानमा पुगेका छन् । 
 
बिनोद चौधरीको मुख्य व्यवसाय सीजी कर्प ग्लोबल हो, जसको सबैभन्दा ठूलो हिस्सा वाइ वाइ नुडल्सको उत्पादन र बिक्रीले ओगट्छ। यो नुडल्स नेपाल, भारत, बंगलादेश, सर्बिया र इजिप्टमा लोकप्रिय छ। उनको व्यवसायमा नबिल बैंकको ठूलो हिस्सा  र १४३ वटा होटलहरूको सञ्जाल पनि समावेश छ, जसमा भारतको ताज होटल्ससँगको सहकार्य उल्लेखनीय छ। सीजी कर्पले खाद्य, बैंकिङ, आतिथ्य, र रियल स्टेट क्षेत्रमा आफ्नो लगानी विस्तार गरेको छ।

261 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु