पात्रो

रेडियो

समाचार खोजी

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई ॐ हस्पिटलमा उपचारमा छुट

साझा अर्थ संवाददाता २५ पुष २०८२, शुक्रवार

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बीच स्वास्थ्य सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा बैंकमा खाता रहेका ग्राहकहरूले ॐ हस्पिटलमा उपचार गराउँदा अस्पतालका विभिन्न उपचार सेवामा लाग्ने बिल रकममा ५ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।

उक्त सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गर्नुभएको हो।

यस सम्झौताबाट नेपाल बैंकमा कार्यरत कर्मचारी तथा बैंकका ग्राहकहरू ॐ हस्पिटलद्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ। बैंकले कर्मचारी र ग्राहकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

194 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु