पात्रो

रेडियो

समाचार खोजी

एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

साझा अर्थ संवाददाता १८ चैत २०८२, बुधवार

गाईघाट (उदयपुर), १८ चैतः जिल्लाका विभिन्न भागका एक हजार १०० हेक्टरमा चैतेधान रोपिएको छ । 

जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सङ्गीता ज्ञावलीका अनुसार जिल्लामा एक हजार ५०० हेक्टरमा हरेक वर्ष चैते धान रोपिने गरेको छ । बाँकी ४०० हेक्टरमा पनि यसै महिना रोपाइँ पूरा हुने देखिएको उहाँले राससलाई बताउनुभयो । “खेतमा धमाधम रोपाइँ भइरहेकाले यसै महिना पूरा हुने ठानेकी छु”, उहाँले भन्नुभयो । 

जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै चैते धान उदयपुरगढी र रौतामाई गाउँपालिकामा भएको छ । ताप्ली गाउँपालिका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकामा चैतेधान रोपिने गरेको छ । 

187 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्