पात्रो

रेडियो

समाचार खोजी

मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन

साझा अर्थ संवाददाता १९ वैशाख २०८३, शनिवार
समाचार सारांश
  • मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोडभन्दा बढी राजश्व संकलन गरेको छ।
  • यो रकम चालु आवको लागि निर्धारण गरिएको वार्षिक लक्ष्यको ६९.८३ प्रतिशत हो।
  • चैत महिनामा मात्रै रु १ अर्ब ६० करोडभन्दा बढी राजश्व संकलन भएको छ, जुन सो महिनाको लक्ष्यको ९४.६९ प्रतिशत हो।
This summary was generated by AI and has been editorially reviewed.

 झापा १९ वैशाखः मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ । उक्त रकम चालु आवका लागि निर्धारण गरिएको लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो ।

    कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ । चैत महिनामा मात्रै रु एक अर्ब ६० करोड ६८ लाख ४७ हजार राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो । उक्त संकलन चैत महिनाको लक्ष्यको ९४ दशमलव ६९ प्रतिशत हो ।

    कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा रु एक अर्ब २६ करोड ५० लाख ७९ हजार, भदौमा रु एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार, असोजमा रु एक अर्ब ५२ करोड २४ लाख ९१ हजार र कात्तिकमा रु एक अर्ब ३० करोड ८१ लाख ८९ हजार राजश्व संकलन भएको छ ।

    त्यसैगरी मङ्सिरमा रु एक अर्ब ३६ करोड ७४ हजार, पुसमा रु एक अर्ब ५८ करोड ८९ लाख २४ हजार, माघमा रु एक अर्ब ४७ करोड ८८ लाख ५७ हजार र फागुनमा रु एक अर्ब ६५ करोड ८० लाख चार हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

112 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु