पात्रो

रेडियो

समाचार खोजी

बैदेशिक रोजगारीमा रहेकाहरुकालागि सर्वोत्तम पेन्ट्सको आईपीओ खुल्यो

साझा अर्थ संवाददाता २१ वैशाख २०८३, सोमवार

काठमाडौः सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडको आइपीओ निष्काशन तथा विक्री खुल्ला भएको हो । बैदेशिक रोजगारीमा रहेकाहरुकालागि आज बाट आइपीओ निष्काशन तथा विक्री खुल्ला भएको हो । 
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति नियामक निकायबाट पाएकोमा तेसको  १० प्रतिशतले हुन आउने ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको जनाएको छ । आइपीओ बन्द छिटोमा बैशाख २४ तथा ढिलोमा  जेठ ४ गते बन्द हुने छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा आइएमई क्यापिटल लिमिटेड रहेको छ।

129 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्