पात्रो

रेडियो

समाचार खोजी

बाँडफाँड भयो स्नो रिभर्सको आईपीओ

साझा अर्थ संवाददाता १२ जेठ २०८३, मङ्गलवार

काठमाडौँ, १२ जेठ: सर्वसाधारणका लागि निष्कासन गरिएको स्नो रिभर्स लिमिटेडको आईपीओ आज (जेठ १२ गते) बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा गोलाप्रथा प्रणालीमार्फत भाग्यमानी आवेदकहरू छानिएका हुन्।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट गरिएको बाँडफाँडमा कुल ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ७८ हजार १२५ कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो।

ताप्लेजुङमा १३.५ मेगावाटको 'सुपर काबेली खोला–ए' जलविद्युत् आयोजना निर्माण गरेको यस कम्पनीको आईपीओ नतिजा सीडीएससीको आईपीओ रिजल्ट पोर्टल र मेरो सेयरमार्फत केही समयमै हेर्न सकिनेछ।

237 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्