पात्रो

रेडियो

समाचार खोजी

नेप्से ९ अंकले घट्यो, पौने ५ अर्बको सेयर कारोबार

साझा अर्थ संवाददाता १२ जेठ २०८३, मङ्गलवार

काठमाडौँ, १२ जेठ:साताको तेस्रो कारोबार दिन आज मङ्गलवार धितोपत्र बजार (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। उतारचढावका बीच बजार बन्द हुँदा नेप्से सूचक ९.२४ अंकले घटेर २,७७७.१० को विन्दुमा झरेको छ। आज नेप्से ०.३३ प्रतिशतले ऋणात्मक बनेको हो।

बजार घटे पनि कारोबार रकमले भने राम्रो साथ दिएको छ। आज बजारमा कुल १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँ ६७ पैसा बराबरको कारोबार भएको छ।

अघिल्ला दिनहरूमा लगातार बढेको बजारमा आज लगानीकर्ताहरू नाफा सुरक्षित (प्रफिट बुकिङ) तर्फ लाग्दा सूचकमा केही दबाब परेको विश्लेषकहरू बताउँछन्। साना जलविद्युत् र विकास बैंक समूहमा केही गिरावट देखिए पनि कारोबार रकम सबल रहनुले बजारप्रतिको भरोसा कायम रहेको सङ्केत गर्छ।

125 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्