काठमाडौैः सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।
कम्पनीले नियमन निकायबाट जारी पुँजीको ३०% अर्थात् ८५ लाख ५० हजार कित्ता शेयर निष्कासन अनुमति पाएको थियो । यसमध्ये स्थानीय, वैदेशिक रोजगारी, कर्मचारी तथा सामूहिक कोषका लागि बाँडफाँट गरिसकेपछि छ । अब सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता शेयर (प्रतिकित्ता १०० रुपैयाँ) निष्कासन ताथा विक्री खुल्ला भएको हो । आईपीओ निष्काशन बन्द छिटोमा जेठ २१ गते तथा ढिलोमा असार १ गते हुनेछ । कम्पनीले ३८ दशमलब ४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।