काठमाडौँ, १८ जेठ: साताको दोस्रो कारोबार दिन आज सोमबार धितोपत्र बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २६ दशमलव ७२ अंकले घटेर २ हजार ७ सय ५५ दशमलव ३७ विन्दुमा ओर्लिएको छ।
परिसूचकमा झन्डै १ प्रतिशत अर्थात् शून्य दशमलव ९६ प्रतिशतको गिरावट आउँदा कारोबार रकम भने साढे ५ अर्ब रुपैयाँ माथि रहेको छ। आज बजारमा कुल १ करोड ३३ लाख ८३ हजार ८ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९ सय २८ रुपैयाँ बराबरको कुल कारोबार भएको छ।