काठमाडौं – माण्डु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा उक्त दरको बोनस शेयर र सोको कर प्रयोजनार्थ केही नगद लाभांश पनि दिने निर्णय गरेको हो।
कम्पनीका अनुसार १० प्रतिशत बोनस शेयरसहित कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरिनेछ। यो निर्णय कम्पनीको सञ्चालक समितिको जेठ १८ गते बसेको बैठकले गरेको हो।
कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृति लिने र त्यसपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन प्राप्त भएपश्चात मात्र शेयरधनीहरूलाई लाभांश वितरण गरिने जनाएको छ। साधारण सभाको मिति घोषणा हुन बाँकी छ।




