पात्रो

रेडियो

समाचार खोजी

माउन्ट एभरेष्ट पावरको आईपीओ स्थानीयलाई बाँडफाँड

साझा अर्थ संवाददाता २० जेठ २०८३, बुधवार

काठमाडौँ, २० जेठ : माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको ८ लाख ६० हजार कित्ता आईपीओ जेठ २० गते बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक एनआईएमबी क्यापिटलका अनुसार कुल ११,८०९ योग्य आवेदकहरूलाई माग र नीति बमोजिम सेयर वितरण गरिएको हो।

८६ करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीले कुल ३० प्रतिशत (२५ लाख ८० हजार कित्ता) सेयर सर्वसाधारणका लागि छुट्याएकोमा स्थानीयलाई १० प्रतिशत वितरण गरिसकेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ७२ हजार कित्ता यसअघि नै बाँडफाँड भइसकेको छ। बाँकी १७ लाख २० हजार कित्ता सेयर निकट भविष्यमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

सन् २०१४ मा स्थापित यस कम्पनीले सोलुखुम्बुमा बुट मोडेल अन्तर्गत १२ मेगावाट क्षमताको ‘दूधकुण्ड खोला जलविद्युत् आयोजना’ निर्माण गरी सन् २०२४ जुलाईदेखि व्यावसायिक उत्पादन गरिरहेको छ। केयर रेटिङ्स नेपालले कम्पनीको दीर्घकालीन कर्जा सुविधालाई ‘CARE-NP BB+’ (मध्यम जोखिम) रेटिङ दिएको छ।

101 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्