पात्रो

रेडियो

समाचार खोजी

माउन्ट एभरेष्ट पावरको आईपीओ असार ३ बाट

साझा अर्थ संवाददाता २१ जेठ २०८३, बिहिवार

काठमाडौंः माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि आईपीओ निष्काशन तथा विक्री खुल्ला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत ले हुन आउने २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले अब सर्वसाधारणकालागि १४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ । 
आइपीओ  निष्काशन बन्द छिटोमा असार ८ गते तथा ढिलोमा असार १७ गते हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले १२ मेघावाटको दूधकुण्ड खोल जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

106 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्