पात्रो

रेडियो

समाचार खोजी

नेप्से १३.४६ अङ्कले घट्दा ४ अर्ब ७० करोडको कारोबार

साझा अर्थ संवाददाता २१ जेठ २०८३, बिहिवार

काठमाडौँ, २१ जेठ : साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ओरालो लागेको छ। आज नेप्से परिसूचक १३.४६ अङ्कले घटेर २,७६६.७८ को बिन्दुमा ओर्लिएर बजार बन्द भएको हो। यो अघिल्लो दिनको तुलनामा ०.४८ प्रतिशतको गिरावट हो।

परिसूचक घटे पनि बजारमा कारोबार रकम भने सन्तोषजनक देखिएको छ। आज नेप्सेमा कुल ४ अर्ब ७० करोड ३३ लाख २६ हजार ९४४ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

बजार बन्द हुँदासम्म कुल १ करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयरको कारोबार भएको छ। पछिल्लो समय उतारचढावपूर्ण बनेको बजारमा आज विक्रेताको चाप बढी हुँदा सूचक राताम्मे बन्न पुगेको हो।

213 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्