पात्रो

रेडियो

समाचार खोजी

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड

साझा अर्थ संवाददाता १ असार २०८३, सोमवार

काठमाडौँ, १ असार: सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन आज सोमबार असार १ गते बाँडफाँड भएको छ। कम्पनीले गत जेठ १८ देखि २१ गतेसम्म सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा माध्यमबाट गरिएको बाँडफाँटमा कुल २७ लाख २७ हजार ५१५ योग्य आवेदकहरूमध्ये ४ लाख ६७ हजार ४०० जनाले मात्र १०/१० कित्ता सेयर हात पारेका छन्। नतिजा सीडीएससीको आईपीओ रिजल्ट पोर्टल, मेरोसेयर र बिक्री प्रबन्धक एलएस क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ।

कम्पनीले आफ्नो २ अर्ब ८५ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत सेयर सार्वजनिक निष्कासनका लागि छुट्ट्याएको थियो। जसमा आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषलाई नियमानुसार बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई दिइएको हो। बझाङ जिल्लामा ३८.४६ मेगावाटको माथिल्लो कालङ्गा गाड जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको यस कम्पनीको वित्तीय साख रेटिङलाई इक्रा नेपालले हालै परिमार्जन गर्दै डबल बी माइनस प्रदान गरेको छ, जसले मध्यमस्तरको वित्तीय जोखिमलाई जनाउँदछ।

42 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ