पात्रो

रेडियो

समाचार खोजी

बैंक र कनेक्ट आईपीएसको नाममा नक्कली SMS बढे, लिंक नखोल्न नेपाल टेलिकमको आग्रह

साझा अर्थ संवाददाता १ असार २०८३, सोमवार

काठमाडौँ : बैंक, कनेक्ट आईपीएस र अन्य डिजिटल भुक्तानी सेवा प्रदायकको नाम दुरुपयोग गर्दै नक्कली SMS पठाउने क्रम बढेपछि नेपाल टेलिकमले ग्राहकलाई सतर्क रहन आग्रह गरेको छ।

कम्पनीका अनुसार यस्ता SMS मा प्रायः शंकास्पद लिंक राखिएको हुन्छ। कतिपय सन्देशमा प्रयोगकर्ताको खाता रोकिएको, सेवा बन्द हुन लागेको वा व्यक्तिगत विवरण प्रमाणित गर्नुपर्ने भन्दै झुक्याउने प्रयास गरिन्छ।

यस्ता लिंकमार्फत प्रयोगकर्ताको OTP, पासवर्ड, PIN, CVV नम्बर तथा अन्य गोप्य विवरण चोरी गर्ने उद्देश्य रहने नेपाल टेलिकमले जनाएको छ। कम्पनीले कुनै पनि लिंक खोल्नुअघि सम्बन्धित बैंक वा भुक्तानी सेवा प्रदायकको आधिकारिक वेबसाइट वा मोबाइल एपबाट मात्रै जानकारी पुष्टि गर्न आग्रह गरेको छ।

नेपाल टेलिकमले ग्राहकलाई OTP, पासवर्ड, PIN, CVV जस्ता गोप्य विवरण कसैसँग पनि साझा नगर्न आग्रह गरेको छ। शंकास्पद SMS, फोन वा लिंक प्राप्त भएमा तुरुन्त सम्बन्धित संस्था वा सेवा प्रदायकलाई जानकारी गराउन पनि कम्पनीले अनुरोध गरेको छ।

ग्राहकको डिजिटल सुरक्षा आफ्नो प्राथमिकता रहेको बताउँदै नेपाल टेलिकमले यस्ता ठगीबाट बच्न सबै प्रयोगकर्तालाई सचेत र सतर्क रहन अपिल गरेको छ।

5 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ