काठमाडौँ : दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको विशेष साधारणसभा स्थगित भएको छ। आवश्यक कोरम नपुगेपछि कम्पनीको विशेष साधारणसभा अघि बढ्न नसकेको हो।
कम्पनीको विशेष साधारणसभा २०८३ असार १ गते ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्युमा बस्ने तय भएको थियो। तर कम्पनी ऐन, २०६३ तथा कम्पनीको नियमावलीमा गरिएको व्यवस्थाअनुसार आवश्यक सेयरधनी उपस्थिति नपुगेपछि सभा सञ्चालन हुन नसकेको कम्पनीले जनाएको छ।
यससँगै कम्पनीले विशेष साधारणसभा स्थगित भएको सूचना सार्वजनिक गरेको छ। स्थगित सभा बस्ने नयाँ मिति कम्पनीले पछि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।