पात्रो

रेडियो

समाचार खोजी

आजकालागि विदेशी मुद्राको विनिमय दर

साझा अर्थ संवाददाता १३ असार २०८३, शनिवार

काठमाडौं, १३ असारः नेपाल राष्ट्र बैंकले आजकालागि विदेश मुद्राका विनिमय दरको नयाँ सूची सार्वजनिक गरेको छ ।  जस अनुसार आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 
अमेरिकी डलर १ को खरिद दर १५० रुपैयाँ ७४ पैसा र बिक्री दर १५१ रुपैयाँ ३४ पैसा रहेको छ भने युरोपियन युरो १ को खरिद दर १७१ रुपैयाँ ९६ पैसा र बिक्री दर १७२ रुपैयाँ ६४ पैसा कायम भएको छ । 
पाउन्ड स्टर्लिङ १ को खरिद दर १९९ रुपैयाँ २८ पैसा र बिक्री दर २०० रुपैयाँ ७ पैसा पुगेको छ। स्विस फ्राङ्कको खरिद दर १८६ रुपैयाँ ५२ पैसा र बिक्री दर १८७ रुपैयाँ २७ पैसा हुँदा अस्ट्रेलियन डलरको खरिद दर १०४ रुपैयाँ ३ पैसा र बिक्री दर १०४ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
यस्तै कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ३९ पैसा र बिक्री दर ४१ रुपैयाँ ५६ पैसा, साउदी रियालको खरिद दर ४० रुपैयाँ १४ पैसा र बिक्री दर ४० रुपैयाँ ३० पैसा तथा युएई दिरामको खरिद दर ४१ रुपैयाँ ४ पैसा र बिक्री दर ४१ रुपैयाँ २१ पैसा रहेको छ । 
यसैगरी मलेसियन रिङ्गिटको खरिद दर ३६ रुपैयाँ ८८ पैसा र बिक्री दर ३७ रुपैयाँ ३ पैसा कायम हुँदा कुवेती दिनारको खरिद दर ४८९ रुपैयाँ ५७ पैसा र बिक्री दर ४९१ रुपैयाँ ५२ पैसा रहेको छ । 
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३३ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा तथा चिनियाँ युआन १ को खरिद दर २२ रुपैयाँ १७ पैसा र बिक्री दर २२ रुपैयाँ २६ पैसा तोकिएको छ । 
राष्ट्र बैंकका अनुसार यो केन्द्रीय दर भए पनि फरक–फरक वाणिज्य बैंकहरूले तय गर्ने विनिमय दरमा भने केही भिन्नता हुन सक्नेछ ।

6 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ