पात्रो

रेडियो

समाचार खोजी

आजकालागि विदेशी मुद्राको विमिय दर

साझा अर्थ संवाददाता ६ असार २०८३, शनिवार

काठमाडौंः नेपाल राष्ट्र बैंकले आजको मितिका लागि विदेशी मुद्राको खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १५० रुपैयाँ ६२ पैसा र बिक्री दर १५१ रुपैयाँ २२ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १७२ रुपैयाँ ६६ पैसा र बिक्री दर १७३ रुपैयाँ ३४ पैसा कायम भएको छ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १९९ रुपैयाँ ३४ पैसा र बिक्री दर २०० रुपैयाँ १३ पैसा रहेको छ। स्विस र्फ्यांक एकको खरिद १८६ रुपैयाँ ७६ पैसा र बिक्री १८७ रुपैयाँ ५० पैसा तोकिएको छ। अष्ट्रेलियाली डलर एकको खरिद १०५ रुपैयाँ ६१ पैसा र बिक्री १०६ रुपैयाँ ०४ पैसा रहेको छ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर १०६ रुपैयाँ ४६ पैसा र बिक्री दर १०६ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिद ११६ रुपैयाँ ६५ पैसा र बिक्री ११७ रुपैयाँ ११ पैसा रहेको छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३४ पैसा र बिक्री दर ९ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ २५ पैसा र बिक्री २२ रुपैयाँ ३४ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिद ४० रुपैयाँ १३ पैसा र बिक्री ४० रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिद ४१ रुपैयाँ ३५ पैसा र बिक्री ४१ रुपैयाँ ५२ पैसा रहेको छ।

थाइ भाट एकको खरिद दर ४ रुपैयाँ ५८ पैसा र बिक्री ४ रुपैयाँ ६० पैसा, युएई दिर्हाम एकको खरिद ४१ रुपैयाँ ०१ पैसा र बिक्री ४१ रुपैयाँ १७ पैसा, मलेसियाली रिङ्गिट एकको खरिद ३६ रुपैयाँ ४१ पैसा र बिक्री ३६ रुपैयाँ ५५ पैसा रहेको छ।

दक्षिण कोरियाली वन १०० को खरिद दर ९ रुपैयाँ ८४ पैसा र बिक्री ९ रुपैयाँ ८८ पैसा कायम गरिएको छ। स्विडिस क्रोनर एकको खरिद १५ रुपैयाँ ७३ पैसा र बिक्री १५ रुपैयाँ ७९ पैसा, डेनिस क्रोनर एकको खरिद २३ रुपैयाँ १० पैसा र बिक्री २३ रुपैयाँ १९ पैसा रहेको छ।

हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ २१ पैसा र बिक्री १९ रुपैयाँ २९ पैसा रहेको छ। कुवेतली दिनार एकको खरिद ४९० रुपैयाँ १४ पैसा र बिक्री ४९२ रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिद ३९९ रुपैयाँ ५२ पैसा र बिक्री ४०१ रुपैयाँ ११ पैसा र ओमानी रियाल एकको खरिद ३९१ रुपैयाँ २४ पैसा र बिक्री ३९२ रुपैयाँ ७९ पैसा रहेको छ।

यस्तै भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ  र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

5 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ