पात्रो

रेडियो

समाचार खोजी

नबिल बैंकका सीईओ ढुंगाना राजिनामा दिएर गभर्नरको दौडमा

साझा अर्थ संवाददाता १२ चैत २०८१, मङ्गलवार

 नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाको राजीनामा दिएर गभर्नरको दौडमा सामेल भएका छन् ।  सोमबार बसेको मन्त्री परिषद् बैठकबाट गभर्नर सिफारिस समिति गठन गरेसँगै दर्जनभन्दा आंकक्षीको प्रतिस्पर्धा बढेको छ । 

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित समितिमा अर्थशास्त्री विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेका छन्। समितिले योग्य उम्मेदवारहरूको सूची तयार पार्नेछ । 

ढुंगाना नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी तथा चार्टर्ड एकाउन्टेन्ट हुन्। उनले राष्ट्र बैंक छाडेपछि तत्कालीन एनसीसी बैंक हुँदै नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए। समस्याग्रस्त नेपाल बंगलादेश बैंकलाई सुधार गरी बंगलादेशी लगानी भित्र्याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। त्यहाँ रहँदा उनी नेपाल बैंकर्स संघको अध्यक्षसमेत बनेका थिए।

गभर्नरको दौडमा ढुंगानासँगै राष्ट्र बैंकका सञ्चालक रविन्द्र पाण्डे र गुणाकर भट्ट, डा. प्रकाश श्रेष्ठ, पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल, तथा प्रभु बैंकका सीईओ अशोक शेरचन चर्चामा छन्।

 

232 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ